प्रतिबन्धयता विप्लवका ४ सय १८ जना पक्राउ, १८ वटा बम विस्फोट

रातोघर

 १९ जेष्ठ २०७६, आईतवार ०८:५२  मा प्रकाशित
३९२ पाठक संख्या



काठमाडौं ।

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा सो पार्टीका ४ सय १२ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सरकारले आपराधिक र विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको निर्णय लिएको थियो । यसबीचको करिब तीन महिनाको अवधिमा प्रहरीले विप्लव निकट ४ सय १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पछिल्लो समय राजधानीमा नै बमको आतंक मच्चाउने गरी गतिविधि सञ्चालन गरेपछि विप्लवप्रति सरकार थप कठोर बनेको छ । सरकारले विप्लवका नेता कार्यकर्तालाई हत्या हिंसाका घटनामा लागे छुट नदिने बताउँदै आएको छ भने यस्ता गतिविधिलाई अमानवीयसमेत भनेको छ । प्रहरीले पक्राउ गरेका मध्ये ५४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने १ सय १४ जना अनुसन्धानको क्रममा रहेका छन् । यस्तै ३ सय ६९ जना नेता कार्यकर्ताविरुद्ध यसबीचमा प्रहरीमा मुद्दा दर्ता भएको छ । यस्तै २ सय २० जना मुद्दा दर्ता भई छुटेका छन् भने ३० जना सोधपुछपछि नै छुटेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए ।

राजधानी दैनिक

Write your Comment