गुल्मी ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन् । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताएका हुन् ।
कांग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ, गुल्मीले संयुक्त रुपमा सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको सभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताए ।
उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारले अहम् भूमिका निर्वाह गरेको स्मरण गरे । ‘कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ’, शर्माले भने । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
-khabarhub
Write your Comment