प्रदेश २ मा आज सार्वजनिक बिदा

रातोघर

 २२ जेष्ठ २०७६, बुधबार ०६:३१  मा प्रकाशित
१४४ पाठक संख्या


धनुषा ।

प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । जेष्ठ २२ गते मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्ब इद उल फित्रको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

बुधबार प्रदेश २ का आठवटै जिल्लाका सबै सरकारी कार्यालय, अदालत,संस्थान र शिक्षालयमा बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत हेम बहादुर कार्कीले जारी गरेको पत्रमा उल्लेख छ

Write your Comment