सिमराको सामुदायिक बिद्यालयलाई परोपकारी युवा सञ्जालको साथ

रातोघर

 २२ जेष्ठ २०७६, बुधबार ०९:५५  मा प्रकाशित
४२६ पाठक संख्या



सिमरा

परोपकारी युवा सञ्जालले जितपुर सिमरा उप महानगरपालिका ३ बजनीस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय अध्यनरत बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शिक्षा अभियान अन्तर्गत विद्यालयलाई २ थान कम्प्युटर, १० थान सिलिङ फ्यान वितरण गरेको सञ्जालका संयोजक रमेश सापकोटाले बताए ।

संयोजक सापकोटाका अनुसार विद्यार्थीलाई ८३ थान ब्याग, ४ सय ८६ थान कपि, १ सय २० थान पेन, २ सय ४० थान पेन्सिल, ४०–४० थान इरेजर तथा कटर वितरण गरिएको छ । त्यसैगरि खेलकुदका सामाग्री समेत वितरण गरेको छ ।

१ थान भलिबल, २ थान ब्याट मिन्टन, ३ थान स्किपिङ्ग सहयोग गरिएको हो । विभिन्न सहयोगीहरुबाट रकम संकलन गरेर सामाग्री वितरण गरिएको हो ।
सञ्जालले सो बिद्यालयमा बिजुली समेत जडान गरिदिएको छ । २०४२ सालदेखी संचालनमा रहेको सो आधारभुत बिद्यालयलाई अब बिधुतिय प्रविधिद्धारा आधुनिक र नमुना बिद्यालय बनाउन अभियान नै संचालन गर्ने सञ्जालको भनाई छ ।

परोपकारी युवा सञ्जालको अभियानलाई हाल अष्ट्रेलिया बस्दै आएका कृष्ण भट्ट र दिलिप शर्माले १०÷१० हजार, क्यानडा बस्दै आएका दिनेश सापकोटाले १० हजार, सिमरा बजनीका अर्जुन प्याकुरेलले १० हजार सहयोग गरेका हुन् ।

त्यस्तै सिमरा बजनीका सुबास पौडेलले ५ हजार, हेटौडाका बर्षा पाठकले ५ हजार, इजरायल बस्दै आएका निस्चल बिमलीले ५ हजार सहयाग गरेका छन् । त्यसैगरि स्व। भोला प्रसाद बर्तौलाको स्मृतीमा कृष्ण प्रसाद बर्तौला र राजु बर्तौैला, सुरेन्द्रलाल कर्ण र स्व लोकनाथ रिजाल स्मृतिमा गणेश रिजालले कम्प्युटर सहयोग गर्नुभएको छ ।

त्यसैगरि हेटौंडाका जागृत चौरेलले ५ थान, सिमराका बिनोद श्रेष्ठले १ थान, होटल सम्यकका सिमराका श्याम ठकुरीले १ थान, काठमाण्डौंका नरोज पुडासैनीले एक थान, सिमराका नबराज श्रेष्ठले एक थान र शैलेश गिरिले १ थान सिलिङ्ग फ्यान सहयोग गरेका हुन् ।

Write your Comment