पेट्राेलकाे मूल्य घट्याे

रातोघर

 २२ जेष्ठ २०७६, बुधबार १९:५४  मा प्रकाशित
१२० पाठक संख्या


काठमाण्डौ । 

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ । नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।

घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।

डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत रहेकाे  निगमले जनाएकाे छ ।

Write your Comment