भारतलाई २२८ रनको लक्ष्य

रातोघर

 २२ जेष्ठ २०७६, बुधबार १९:५८  मा प्रकाशित
२९९ पाठक संख्या



आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।  साउथह्याम्पटनस्थित दी रोजमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि क्रीस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै क्विन्टन डी ककले ३८ रनको जोड्दा एण्डिले फेह्लुक्वाया ३४, कगिसो रबडा र डेबिड मिलरले समान ३१-३१, रस्सी भान डर डसेनले २२ रनको योगदान गरे ।

बलिङतर्फ भारतका लागि युज्भेन्द्र चाहलले सर्वाधिक चार विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान दुई-दुई विकेट लिँदा कुलदीप यादवले एक विकेट लिए ।

भारत आजको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । बलियो टोली तथा विश्वकप विजेताको रुपमा मानिएको भारतको यो पहिलो खेल हो । अनुभवी खेलाडी सम्मलित भारत तेस्रो विश्वकपको उपाधिका लागि सुरुआत नै रोमाञ्‍चक बनाउन चाहन्छ ।

उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद चोटमासमेत ग्रसित दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।

Write your Comment