यौन सम्पर्क गरिरहेका बेला वृद्धले देखेपछि १६ वर्षे जोडीले गरे हत्या

रातोघर

 २२ जेष्ठ २०७६, बुधबार २०:२८  मा प्रकाशित
१६० पाठक संख्या


बारा ।

यौन सम्बन्ध खुल्ने डरले किशोर-किशोरीको जोडीले स्थानीय एक वृद्धको हत्या गरेको खुलेको छ। १६ वर्षीया किशोरी र १७ वर्षीया किशोरको जोडी पक्राउ परेपछि बाराको स्रिमौनगढ नगरपालिका-७ का ६० वर्षीय परीक्षण महरा चमारको हत्या भएको रहस्य खुलेको हो।

बस्दै आएको छाप्रोमा चमार एक साताअघि राति मृत फेला परेका थिए। हत्यापछि फरार रहेका किशोरलाई प्रहरीले गत सोमबार सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो। किशोरीलाई भने भोलिपल्ट नियन्त्रणमा लिइएको थियो। अभियुक्त दुवै नाबालक भएकाले परिचय खुलाउन नमिल्ने प्रहरीले जनाएको छ। यो खबर आजको नेपाल समाचर पत्रमा बाराबाट गोकुल घोरसाइनेले लेखेका हुन्।

गाउँबाहिर खेतछेउ एकान्तमा रहेको छाप्रोमा मान्छे नभएको मौका पारेर यौन सम्पर्कका निम्ति उक्त जोडी राति १० बजे भित्र पसेको थियो।
‘चमार खाना खाएर बाहिर निस्केका रहेछन्,’ प्रहरी उपरीक्षक सानुभाइ भटटराईले भने, ‘फर्किँदा भित्र मचानमा आपत्तिजनक अवस्थामा फेला परेपछि दुवै मिलेर चमारको हत्या गरेछन्।’

Write your Comment