हेटौँडामा यात्रुबाहक बस पल्टीयो

रातोघर

 २३ जेष्ठ २०७६, बिहीबार ०६:३८  मा प्रकाशित
२५२ पाठक संख्या


हेटौँडा ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको पशुपतिनगरमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुटवल बाट काकडभिट्टाको लागि छुटेको लु १ ख ७१०७ नम्बरको रात्रिबस अनियमित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा परि १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  दुर्घटनामा परेका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको समेत प्रहरीको भनाई रहेको छ ।

Write your Comment