वीरगञ्जमा २ जना हुण्डी कारोबारी पक्राउ

रातोघर

 २३ जेष्ठ २०७६, बिहीबार १३:०६  मा प्रकाशित
१०८ पाठक संख्या



पर्सा।

जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका-७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार रहेको छन् ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट २ लाख ९९ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुईवटा मोवाइलसमेत बरामद गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Write your Comment