सिमरा।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित सात जना घाईते भएका छन् ।
स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित अन्य घाईते भएका हुन् । घाईते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भैरहेको छ ।
अमर ग्यास कम्पनीको सिलिण्डरबाट ग्यास लिक भएर भएको आगलागीमा परी ६७ बर्षिय नजरमान थिङ, ज्ञानिमायाँ भनिने २८ बर्षिय सुकुमायाँ ब्लोन, ३१ बर्षिय बौद्धमान थिङ र ३२ बर्षिया अनिता थिङ गरी एकै परिवारका चारजना घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
त्यसैगरी स्थानिय ५२ बर्षिय दिलमायाँ वाईबा, २८ बर्षिय सुनमायाँ ब्लोन र २६ बर्षकी कमलिमायाँ पनी घाईते भएका छन् । घाईतेमध्ये स्थानिय दिलमायाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ ।
Write your Comment