सिमरा ।
बाराको सिमरामा रहेको इच्छा होटलले खाजा खान गएका ग्राहकलाई शुक्रबार साँझ निर्घात कुटपिट गरेको छ ।
पटकपटक झगडाको अखडा बनेको इच्छा होटलले शुक्रबार साँझ सिमराको तिन जनालाई फोहर शब्द बोलेको भन्दै दादागिरी शैलीमा कुटेको बताइएको छ ।
सिमराका बिजय पाठक, धन बहादुर तामाङ्ग र राम पुडासैनीलाई इच्छा होटलका कर्मचारी रमेश पुन सहित त्याहाँका सुरक्षा गार्डले समेत बुट र लठ्ठी बजारेका हुन् ।
कुटाई खानेमध्ये पाठकको अवस्था गम्भिर रहको अस्पताल स्रोतले बताएको छ । उनलाई शुक्रबार राती नै अल्पाइन अस्पताल सिमरामा उपचार हुन नसकी काठमाण्डौ लगीएको छ । उनको टाउको र खुट्टामा गम्भिर चोट छ ।
तामाङ्गको भने अल्पाइन अस्पतालमै उपचार भइरहेको छ यता पुडासैनी त्याहाँ दादागिरी शैलीमा कुट्न शुरुगरेपछी भागेर ज्यान बचाएका छन् ।
शुक्रबार राती कुटाई खाएर अस्पताल पुर्याइएका पिडितलाई इलाका प्रहरी कार्यालय सिमराले प्रहरी कार्यालय लैजानुपर्छ भनेपछी स्थानिय युवा प्रहरीमाथी आक्रोशित बनेका थिए ।
स्थानिय युवाले प्रहरीले समेत होटलको संरक्षण गरेको भन्दै पिडित माथी अन्याय गर्न नहुने आक्रोस पोखेका छन् । इच्छा होटलका संचालक इच्छा बहादुर वाग्ले र घटनामा संलग्न पुनलाई तुरुन्त झिकाउन माग गर्दै प्रहरी कार्यालय पुगेका स्थानिय युवालाई प्रहरीले शनिबार बिहान छलफल गर्ने भन्दै घर फर्काइदिएको थियो ।
राती नै वडा अध्यक्षको रहोबरमा पिडित पक्षले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको छ । आज (शनिबार) घटनामा संलग्नलाई नियन्त्रणमा लिई केकसो भएको हो सोबारे अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
कुटाई खाएर अस्पताल भर्ना भएकाको अवस्था बुझन पुगेका जीतपुरसिमरा उपमहानगरपालीका २ का वडा अध्यक्ष तिलक श्रेष्ठले होटलले ग्राहकमाथी अन्याय नै गरेको बताएका छन् । होटलले कानुन नै आफ्नो हातमा लिएर ज्यान जानेगरी ग्राहक कुटेको भन्दै अध्यक्ष श्रेष्ठले होटललाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
यता आक्रोशित बनेका स्थानिय युवाले होटलको यो ज्याजतीमाथी प्रहरीले आवस्यक कारवाही गर्न आवाज उठाएका छन् । होटलले कर्मचारीका नाममा गुण्डा पालेर प्रहरीका आडमा ग्राहकमाथी अत्याचार गरिरहको बताएका छन् ।
Write your Comment