कलैया ।
जनताको विकासको साथमा प्रदेश सरकार रहेको जिल्ला समन्वय समितिको सभापति नवल किशोर सिहले बताएका छन ।
कलैया उपाहानगरपालिका वडा नम्वर ९ रामपुरमा सामुदायिक भवनको शिलान्यास गर्दै प्रदेश सरकार जनताको विकासमा रहने बताएका हुन ।
भौतिक तथा पुर्वाधार मन्त्रालयको सहयोगमा बन्न गईरहेको सामुदायिक भवनको शुक्रवार शिल्यानास गर्दै अध्यक्ष सिहले भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलको चाहना जनताको अमुल्य मत लिएर वाचा गरेको दिन पुरा गर्ने समय आईसकेको जानकारी गराए ।
अब चौतर्फी विकास गर्न कुनै कसर नछाडने उनले बताए । पहिलो चरणमा करिव ३० लाखको लागतमा बन्न गईरहेको सामुदायिक भवन तथा विवाह मण्डप निमार्ण समपन्न नहुन्जेल प्रदेश सरकारको सहयोग रहने उनले जानकारी दिए ।
त्यस्तै वडाध्यक्ष डा असारीले आफनो वडाको विकास निमार्णमा कुनै किसिमको सम्झौता नगरिने बताए । जनताको चाहना अनुरुप वडामा चौतर्फी विकास गरिने उनले जानकारी गराएका छन । जिल्ला मै नमुना वडाको रुपमा विकसित गर्ने प्रतिवद्धता गरेका छन ।
शिल्यानास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नवल किशोर सिह, वडाध्यक्ष डा अख्तर अंसारी, राजपाका नेता जयप्रकाश साह, सरफुल्लाह अंसारी, शम्भु गुप्ता लगायतको सहभागिता रहेको थियो ।
Write your Comment