रिसइबी साँध्न दुईवर्षे बालिकाको हत्या प्रयास गर्ने पक्राउ

रातोघर

 २५ जेष्ठ २०७६, शनिबार ०८:४९  मा प्रकाशित
३८२ पाठक संख्या



सिमरा ।

अभिभावकसँगको रिसइबी साँध्न दुई वर्षीया बालिकाको हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया टोलकी ४० वर्षीया कलावती देवी गिरीलाई प्रहरीले पक्राउ गरेको हो । कलावतीले दुई वर्षीया बालिकाको मुख र योनीमा कपडा कोचेर फालेको आरोपमा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

घर अगाडि खेलिरहेकी बालिकालाई एकान्तमा लगी हातखुट्टा बाँधेर महिलाले मुख र योनीमा कपडा कोचेर फालेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको राठौरले बताए ।

महिलालाई जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको राठौरले जानकारी दिए ।

Write your Comment