नेपालगन्ज ।
शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताए ।
शनिवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ हरिया रुखहरु नै छैनन्, यहाँको गर्मी छल्न १० हजार ठूला रुख रोप्ने योजना बनाएका छौँ ।”
मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिने बताए ।
“उपमहानगरपालिकाका मेयरसँग छलफल भइरहेको छ”, उनले भने “अधिकांश ठाउँमा सडक विस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली रहेका ठाउँमा रुख रोप्ने योजना छ ।”
उनका अनुसार बिरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठूला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा शहरी विकास मन्त्रालय रहेको छ ।
-khabarhub
Write your Comment