बाराको दुधौरा पुल नजिकै ट्रक दुर्घटना, पाँचजना घाईते

रातोघर

 २६ जेष्ठ २०७६, आईतवार १२:३९  मा प्रकाशित
१७८ पाठक संख्या



सिमरा ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित दुधौरा पुल नजिकै दुई ट्रक एक आपसमा ठक्कर खाँदा पाँच जना घाईते भएका छन् ।

निजगढबाट पथलैयातर्फ आउँदै गरेको पुर्व ना. ५ ख. ७६६१ नम्बरको ट्रक र बिपरित दिशा तर्फ जाँदै गरेको ना ६ ख १९३६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा पथलैया आउँदै गरेको ट्रकका चालक मोरङ पथरी नगरपालीका १० का ४२ बर्षिय दिल बहादुर कटवाल, सोही ट्रकमा सवार मोरङ कानेपोखरी नगरपालीका १ बस्ने ३८ बर्षिय केबल थापा घाईते भएका छन् ।

त्यसैगरी ना ६ ख १९३६ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालीका ८ बस्ने ३० बर्षका गजेन्द्र चौधरी, ट्रकमा सवार सोही स्थानका १८ बर्षिय धर्मेन्द्र चौधरी र २२ बर्षिय धिरेन्द्र चौधरी पनी घाईते भएका छन् ।

घाईते मध्ये दुई चालकको अवस्था मध्यम रहेको र अन्य सामान्य रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घाईते सबेको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ ।

Write your Comment