वीरगन्ज ।
आइतवार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आइतवार साँझ ठोरी गाउँपालिका १ मा चट्याङ लागेर २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो। खेतमा भैँसी चराउन गएका बेला चट्याङले लागेको उनको घटनास्थलमै मृत्यु हो । दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि बस्दै आएका थिए।
यता हावाहुरीले वीरगन्ज महानगरपालिकामा मात्रै पाँचजना घाइते भएका छन्।
वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। घाइते पाँचैजनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
Write your Comment