लजालु सुन्दरीको फोटोफिचर

रातोघर

 ७ असार २०७६, शनिबार ०९:४३  मा प्रकाशित
४६५ पाठक संख्या



बेली डान्सरको नाममा देशदेखी बिदेशसम्म परिचित बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने दर्शक धेरै छन् ।

काठमाडौमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको प्रस्तुती बिना आयोजकलाई चित्त बुझ्दैन अचेल ।

नृत्यमा पोख्त विनुका डान्सस्टेप अरुका भन्दा भिन्न छन् । त्यसकारण पनि स्टेजमा बिनुलाई मन पराइनुको कारण हो।

स्टेज कार्यक्रमका अतिरिक्त म्युजिक भिडियोमा समेत सक्रिय हुन थालेकी छिन् ।

कलाकारीता क्षेत्रमा जम्नका लागी कथाले मागपछी भन्दै निर्देशकको इसारामा हिँडने महिला कलाकारको भिडलाई उनले गतिलो झापड दिएकी छन् ।

पर्दामा आफ्नो यौवन रुपलाई खुल्ला प्रर्दशन नगरिकनै पनी जम्न सकिन्छ भन्ने नेपाली कलाकारीताको क्षेत्रको गतिलो उदाहरणका रुपमा पनी अहिले शाक्य उभिएकी छन् ।

उनको नृत्यमा त्यती धेरै कामुकपना हुँदैन, अँग प्रर्दशन पनी हुँदैन । तर आफ्नो प्रखर नृत्य कलाले उनले दर्शकलाई मन्त्रमुग्ध बनाउन सक्नुले उनको डिमान्ड ह्वात्तै बढेको हो ।

उनलाई बिभिन्न एल्बममा पनी अहिले भ्याई नभ्याई छ । उनी आफ्नो देशभरीको चर्चाले दंग छिन् अहिले ।

तर अरुको बहकाउमा नपर्ने र कसैले मख्ख बनाएको भरमा फुरुक्क नपर्ने शाक्यका आफ्ना गम्भिर स्वभावका कारणले पनी अहिलेसम्म कुनै बिवादमा परेकी छैनन् ।

सामान्यरुपमा कलाकारीता क्षेत्रमा लागेकालाई पढाईमा सफलता हात पार्न मुस्किल छ । अझ भनौँ, देशका धैरै कलाकारको पढाई थौरै छ र चर्चा कमै सुन्ने गरिन्छ । नायीका करिश्मा मानन्धरको एसईई परिक्षा यसको साँक्षी हो ।

तर शाक्यले भने पढाई पुरा गरेर नै यस क्षेत्रमा प्रवेश गरेकी हुन् । दुई वटा बिषयमा स्नात्कोत्तर उतीर्ण गरी कलाकारीता क्षेत्रमा प्रवेश गर्नुले पनी उनलाई आम दर्शकको आँखाबाट हेर्ने नजर भिन्न छ ।

लजालु स्वभावकी विनुका बोल्ड तस्विर हेरौं एकछिन् ।

Write your Comment