३२ वर्षपछि सूर्यको तापक्रम घट्ने, असर पृथ्वीमा पनि

रातोघर

 १८ असार २०७६, बुधबार ०८:४४  मा प्रकाशित
३८८ पाठक संख्या



यस ब्रम्हाण्डका ग्रह र उपग्रहका बेग्लाबेग्लै चर्चा हुने गर्दछन् । वैज्ञानिकहरुको नयाँ खोज तथा अनुसन्धानले धेरै नयाँ तथ्य पनि पत्ता लगाएको छ।

खोजबाट प्राप्तकुरा कति सहज लाग्ने त कति पत्याउनै नसक्ने पनि हुन्छ । यस्तै तथ्य सार्वजनिक गरेका छन्, क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले। उनीहरुले गरेको एक अध्ययन अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ।

अहिले जलवायु परिवर्तनको कारण भन्दै सूर्यको तापक्रम बढेको प्रस‌ंग आइरहेका बेला वैज्ञानिकहरुको यो खोजलाई महत्वका साथ हेरिएको छ ।

यदी उनीहरुको खोज सही भएमा सबैलाई न्यानो दिइरहेको सूर्य अबको ३२ वर्षपछि चिसो हुने भएको छ । सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकका अनुसार त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने छ । वैज्ञानिकहरुले सूर्यको तापक्रम घटेपछि त्यसको असर पृथ्वीमा पनि पर्ने बताएका छन् । तर असर संसारभर एकैनासको भने नहुने उनीहरुको तर्क छ ।

-khabarhub

Write your Comment