बारामा धान खेती गर्ने किसान चिन्तित्

प्रविधि समेत प्रभावकारी नहँदा समस्या, कृषि मजदुरको अभाव

पुष्पराज खतिवडा

 २१ असार २०७६, शनिबार १२:५९  मा प्रकाशित
७१६ पाठक संख्या



बारा, २१ असार ।

बारा, जीतपुरसिमरा १८ कुम्माडीका देवी बहादुर भण्डारी शुक्रबार विहानैदेखी खेतमा पानी लगाउन ब्यस्त थिए । शनिबार रोपाँई गर्न उपल्लो छिमेकीको खेतमा रहेको पम्पसेटबाट ६० मिटर लामो डिलेभरी पाईप मार्फत आफ्नो खेतमा पानि लगाउँदैछन् ।

‘असारको तेस्रो साता भैसक्यो पानी पर्ला र धान रोपौंला भनेको विउ छिप्पिने चिन्ताले सतायो , भोली नै रोपाँई गर्न आजैबाट भिडेको छु । ’ भण्डारीले सुनाए । उमेरले ६० कटेका भण्डारीले धेरै बर्षपछी असारमा खडेरी परेको अनुभव छ ।

खडेरीका कारण धान खेती महँगिएकोमा चिन्तीत छन् भण्डारी । उत्पादनको आशा समेत कम हुने भण्डारीको अनुमान छ । असारमा पानी पर्दा र नपर्दा उत्पादनमा पर्ने असरका बारेमा उनलाई रामै्रसँग थाहा छ । झमझम झरिमा धान खेती गर्नु र टंटलापुर घाममा चर्को शुल्क तिरेर पम्पसेटको पानीले रोपाई गर्नुमा आकाश जमिनको फरक पर्छ नी ,भण्डारीले भने ।

‘पानी छैन । जोताई महँगो भो । त्यसमाथी कृषि मजदुर पाईन छाडे । पर्ममा खेतीगर्ने चलन पनी कम हुँदै गयो । विउ विषादी र मलको भाउ किनी साध्यको छैन ।’, उनले गुनासो सुनाए ।

त्यस्तै सोही ठाउँका धन बहादुर लामालाई पनि धान खेतीको आशा मरेको छ । गत हप्ता मुस्कीलले बोरिङ्कको पानीमा रोपेको धान सर्न नपाउँदै खेत सुकेर पटपट धाँजा फाटेको छ ।

प्रती घण्टा ३ सय रुपैया तिरेर पटाएको पानीले रोपेको धान खेतमा एकहप्ता नवित्दै पुनः पानी पटाउनु पर्ने देखिएपछी लामा चिन्तित् छन् ।
उनले धानबारीको धाँजा देखाउँदै भने । ‘प्रती घण्टा १हजार ५सयको जोताई, ५ सय रुपैयाँ किलोको विउ , ६ सय दैनिकका खेताला,मलविउको कुरै नगरौं उफ् मौषमको ताल यस्तो । डुवी नि भैयो । सियोर भो ।’

कृषि मजदुरको अभाव

अधिकांस यूवा विदेशिन थालेपछी गाउँघरमा कृषि मजदुरको अभाव खड्कीएको छ । यूवा विदेशिएसँगै प्रायगरी गाउँघरमा बृद्धबृद्धा र केटाकेटी मात्रै भेटिने गरेका छन् । चारगाउँका मानिस जम्मा गरेर पालैपाले खेती लगाउन पर्ने बाध्यता रहेको अर्का किसान शिवकुमार कार्की सुनाए । अर्को कुरा गरिब निम्न वर्गका परिवारको खेती गर्ने प्रशस्त जमिन छैन । थोरै जमिनमा गरिने खेतीका लागि भनेर परिवारका सबै मानिस घर बस्दैनन् । त्यस्को मार खेती लाउने र भित्र्याउने बेलामा पर्ने गरेको कार्कीको बुझाई छ ।

यस क्षेत्रमा कृषि प्रविधि समेत खासै प्रभावकारी भएन । जोत्ने टेक्टर, काट्ने रिपर बाहेकका उपकरण प्रभावकारी नभएको लामो समयदेखी प्रविधिको सहयोगमा खेती गर्दै आएको समाज सुधार कृषि सहकारी संस्थाका ब्यवस्थापक रविन्द्र भण्डारीले सुनाए ।

विउराख्ने मेशिन, धान रोप्ने ट्रान्सप्लान्टर, गोड्ने विडर प्रयोगमा समस्या भएको उनले बताए । प्राविधि छँदाछँदै पनि हातैले रोप्नु पर्ने बाध्यता कहीबर्ष यता भोग्दै छौं । मेशिन अनुकुल खेत तयार गर्नै गारो भैरहेको उनको भनाई छ ।

‘केही मेशिनरी झण्झटीलो महसुस समेत गरिए । प्रविधिलाई मर्मत गर्न समस्या भैरहेको छ । मेकानिकको अभाव छ । मेशिनका पार्ट पाईदैन ।’ त्यसमा पनि मेकानिक अनी पार्ट दुबै मंहँगो रहेको भण्डारीले बताए । सरकारले किसान स्तरमै मेकानकि तयार गर्ने कार्यक्रम ल्याउनु पर्ने उनके सुझाव छ ।

Write your Comment