मन्त्री लालबाबु पण्डित विरुद्ध नाराबाजी र हुलदंगा, अंगरक्षकले भीडबाट निकाले

रातोघर

 २७ असार २०७६, शुक्रबार १५:५७  मा प्रकाशित
३८४ पाठक संख्या



काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि सार्वजनिक कार्यकक्रममा दुव्र्यवहार भएको छ ।

शुक्रवार ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनताजीको एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेको हो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठकमा अध्यक्षता गर्न बोलाइएका मन्त्री पण्डित विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए भने लोकसेवाको विज्ञापन खारेजीको माग गरेका थिए ।

वैठक स्थलमा होहल्ला बढेपछि मन्त्रीको सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट बाहिर निकालेका थिए ।

मन्त्री पण्डितलाई आदिवासी  आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रविरोधी र आरक्षणविरोधी भन्दै उनीहरूले नाराबाजी गरेका थिए । मन्त्री बाहिरिएपछि पनि उनीहरुले नाराबाजी गरेका थिए ।

-khabarhub

Write your Comment