सिमराको ‘नमुना’ मा.बि. अब सिसि क्यामेराको निगरानीमा

रातोघर

 २९ असार २०७६, आईतवार १०:११  मा प्रकाशित

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरापलिका २ सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अब सिसि क्यामेराको निगरानीमा रहने भएको छ ।

बिद्यार्थीको पठनपाठनलाई थप प्रभावकारी बनाउन र नमुना बिद्यालय निर्माणको कार्यक्रम अन्तर्गत सिसि क्यामेर जडान गरिएको हो ।

अब सिसि क्यामेराद्धारा बिद्यार्थीको पठनपाठन र शिक्षक शिक्षण सुधार कार्यक्रमलाई समेत अगाडी बढाइने र बिद्यालयलाई शैक्षिक केन्द्रको उत्कृष्ट गन्तब्यका रुपमा बिकास गरिने लक्ष्य रहेको बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले बताए ।

सिसि क्यामेरा जडानसंगै बिद्यालयको बाल कक्षाका लागी ल्यापटप र प्रोजेक्टर समेत खरिद गरिएको भन्दै गौतमले बालबालीकालाई अब डिजिटल प्रणालीबाट पठनपाठन शुरु गरिने जानकारी दिए ।

यसैगरी अन्य बिभिन्न योजनाहरु अगाडी बढाई बिद्यायललाई नमुना माबिका रुपमा बिकास गर्न सबै तह लागी परेको बिद्यालयका प्रध्यानाध्यापक शंकर कुमार आचार्यले जानकारी दिए ।

Write your Comment