विश्वकप खेल्ने लक्ष्य भेट्टाउन मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेट टोली (फोटोफिचर)

रातोघर

 १ श्रावण २०७६, बुधबार ०८:५८  मा प्रकाशित

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला मलेसियामा छ । सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया फाइनलको अभ्यासका लागि नेपाली टोली मलेसिया पुगेको हो ।

आज (मंगलबार) नेपाली टोलीले मलेसियाको किनरारा ओभलमा अभ्यास पूरा गरेको छ । जसमा नेपाली टोलीका कप्तानदेखि युवा खेलाडीहरु असिन पसिन भएको देख्न सकिन्छ ।

विश्वकप क्रिकेट खेल्ने लक्ष्यमा रहेको नेपाली टोलीले नयाँ प्रशिक्षकमा उमेश पटवाललाई पाएपछिको यो प्रतियोगिता पहिलो हो । अभ्यासका क्रममा खेलाडीहरुले ब्याटिङ बलिङ र फिल्डिङमा अभ्यास गरेका छन् भने प्रशिक्षकसँगको छलफल पनि गरेका छन् ।

जुलाई ९ मा मलेसिया पुगेको नेपाली टोली २० जुलाईमा सिंगापुर जाने तालिका रहेको छ । सिंगापुरमा छनोट प्रतियोगिता जुलाई २० मा शुरु भएर २९ जुलाईसम्म चल्ने छ । जसमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । उक्त प्रतियोगितामा नेपालले पहिलो खेल कतारसँग जुलाई २३ मा खेल्नेछ ।

Write your Comment




saturday2