‘फेस एप’ खतरनाक !

रातोघर

 २ श्रावण २०७६, बिहीबार ०६:४४  मा प्रकाशित
५८४ पाठक संख्या



काठमाडौँ ।

समाजिक सञ्जालमा अहिले बुढो हुने आतङ्क चलिरहेको छ । हुँदाखाँदाका अनुहार बूढो भएको बनाउँदै पोष्ट गर्दै लाइक कमेन्टको आश गर्नेहरूले अब सोच्ने बेला आएको छ । सामाजिक सञ्जालमा अहिले बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ भाइरल भएको छ । यसले पार्ने समस्याका बारेमा अविज्ञ हुँदै धेरै नेपालीले पनि यो एक डाउनलोड गरेका छन । नेपालमा मात्रै हैन विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका पनि छन् ।

यो एप प्रयोग गरिसकेकाहरूको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरूले बताएका छन् । अब प्रयोग नगर्न उनीहरूले चेतावनी समेत दिएका छन् । फेसबुकले पनि समय समयमा जथाभावी एप्सहरु नचलाउन भन्दै आइरहेको छ ।

‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिन्छ भन्ने तस्बिर देखाउने काम गर्दछ । ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ । यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरू बढ्दै गएका छन् । यसका साथै सुरक्षा चुनौतीको सामना गर्न भने तपाई तयार हुनैपर्छ ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो । विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए । प्रविधि सम्बन्धी जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ । एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ ।

यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ । उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु । यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् । प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डाटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ ।

एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ । विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’

‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ । यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईँको कपालको रंग, तपाईँलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ ।

यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्बिरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ । यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ ।

Write your Comment