१० वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

रातोघर

 ३ श्रावण २०७६, शुक्रबार १९:०५  मा प्रकाशित

अर्घाखाँची ।

अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ बिक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी, मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

khabarhub

Write your Comment




saturday2