घुस रकम सहित इन्जिनियर पक्राउ

रातोघर

 ३ श्रावण २०७६, शुक्रबार १९:१२  मा प्रकाशित

काठमाडौं ।

गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका १० स्थित अशोका होटलबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्न सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । घटनाको थप अनुसन्धान भइहरेको अख्तियारले जनाएको छ ।

-radiokantipur

Write your Comment