अराज केशवले ल्याए केटाहरुको तीज गीत (भिडियो)

रातोघर

 ७ श्रावण २०७६, मंगलवार ०८:११  मा प्रकाशित
३३४ पाठक संख्या



काठमाडौं ।

गायक अराज केशवले ‘प्रभु’ बोलको गीत बजारमा ल्याएका छन् । तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथालाई समेटेर उनले नयाँ शैलीको गीत बजारमा ल्याएका हुन् ।

गीतको भिडियोमा कुमार तामाङको अभिनय देख्न सकिन्छ । यस्तै भिडियोमा अविवाहित पुरुषहरुले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ ।

गीतमा गायक अराजले नै शब्द तथा संगीत दिएका छन् शैलेन्द्रमान प्रधानले एरेन्ज गरेका छन् । गीतको भिडियोमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपाली फिचर्ड छन् । चक्र बम, लालबहादुर धामी र मनिष खड्कालाई पनि देख्न सकिन्छ ।

Write your Comment