ज्योति मगरको स्वरमा मैथिली गीत

रातोघर

 ७ श्रावण २०७६, मंगलवार ०८:१३  मा प्रकाशित

काठमाडौं ।

गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वर रहेको मैथिली गीत ‘कानोमा आँहाके झुम्का’ सार्वजनिक गरिएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिएका  गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वरमा रहेको यो गीत दिवानी एल्बममा समावेश छ ।

गीतमा शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै छ भने गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोलाई दिपक गिरीको छायांकन छ । प्रदीपकुमार कुमार रसाइलीले भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र ऋचा थापालाइ देख्न सकिन्छ ।

Write your Comment