महोत्तरी : यस्ती आमा जसले गराइन आफ्नै छोरीको बलात्कार

रातोघर

 ७ श्रावण २०७६, मंगलवार ०८:३३  मा प्रकाशित

जनकपुरधाम।

भनिन्छ, जन्म दिने आमाभन्दा माया अरुले कसैले गर्न सक्दैनन् । आफ्ना सन्तानलाई केहि भइहाले आफ्नो ज्यानसम्म लुटाउने त्यहीं आमाले आफ्नै छोरीको इज्जत आफ्नै प्रेमीको हातबाट लुटाएको सुन्दा अनौठो मात्र होइन, आमाको मायाप्रति शंका लागेर आउँछ ।

यस्तै भएको छ, प्रदेश २ को महोत्तरी जिल्लामा एक जना आमाले आफ्नै छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । त्यो, पनि आफ्नै प्रेमीबाट । आफूसँगै सुत्ने प्रेमीलाई छोरीलाई समर्पण गरेकी ती महिला अहिले भने फरार भएकी छन् । १२ बर्षीया आफ्नी जेठी छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीसँगै बलात्कार गराएको घट्ना झण्डै डेढ् महिनापछि बाहिर आएको छ ।

घट्ना महोत्तरीको भंगहा नगरपालिका ६ को हो । यहाँकी ती आमाले आफ्नै १२ बर्षकी छोरीलाई गत जेठ २७ गते भारतको दिल्ली लगेर आफ्नै सामुन्ने बलात्कार गर्न लगाएकी छन् । ती महिलाका प्रेमी भंगहाकै ४० बर्षीया सियाराम महतोले ती बालिकासँग आधा महिनासम्म दुष्कर्म गरेका हुन् । पीडित बालिकाले प्रहरी समक्ष भनेकी छन्, “आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी झैं भएकी छु ।”

आफ्नै छोरीको इज्जतसँग खेलबाड गर्ने महिलाको सियारामसँग केहि बर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको छ । अपाङ्ग रहेका ती महिलाका श्रीमान्को केहि बर्षअघि मानसिक सन्तुलन बिग्रेर हराएपछि उनी सियारामसँग नजिकिएकी हुन् । स्थानीयहरुका अनुसार सियारामको घरमा काम गर्दागर्दै उनको हिमचिम सियारामसँग बढेको थियो ।

यसरी उद्वार भयो बालिकाको
आमा र छोरी एकसाथ वेपत्ता भएपछि गाउँमा हल्लीखल्ली मच्चिएको थियो । यद्यपी ती बालिकाकी आमाले आफ्नी जेठी दिदीलाई रोजगारी गर्नका लागि जनकपुर जान लागेको जानकारी गराएकी थिइन् । तर, हिंडेको एक सातासम्म कुनै किसिमको फोन नगर्दा उनकी दिदी आत्तिएकी थिइन् । यसपछि उनले स्थानीयहरुलाई खोजी दिन आग्रह गरेकी थिइन् । चारैतिर खोजी गर्दा पनि आमा छोरीको पत्ता लागेन् ।

दिल्लीमै कपाल काट्ने काम गरिरहेका भंगहाकै एक जनाले आमा छोरीलाई देखेका रहेछन् । यसपछि उनले गाउँमा खबर पठाए । खबर आएको केहि दिनमै ती महिलाले आफ्नी दिदीसँग फेसबुकमा भिडियो कल गरिन् । भिडियो क लगर्दै उनले आफूहरु ठीकै रहेको जानकारी गराइन् । यसको दुई दिनपछि सिताराम र ती महिला बाहिर गएको मौका छोपी बालिकाले आफ्नी जेठी आमालाई फोन गरी सबै कुराको जानकारी गराइन् ।

जानकारी पाए लगत्तै आमाछोरीलाई नेपाल ल्याई दिन सीतारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई गुहार लगाउँदा उनीहरुले प्रहरीमा उजुरी नगर्ने शर्तमा नेपाल ल्याइदिने बताए’ ती बालिकाकी जेठी आमाले भनिन् । शर्त अनुसार ती बालिकालाई गत असार १६ गते आमासँगै घर पठाइयो ।

यौन शोषणमा परेकी बालिकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छन् । गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाइ बलात्कार गरेका सियाराम र उक्त घटनामा सहयोग गरेकोमा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गरेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनले उजुरी दिएको थाहा पाए लगत्तै सियाराम र ती महिला फरार भएको जनाउँदै खोजी तिब्र पारिएको बताए । बूढाथोकीले बालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको बताए । उनका अनुसार अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उपचार र पेट पाल्न समस्या
पीडित बालिकाको उनीसहित दिदी बहिनी र एक भाइ छन् । फरार भएकी उनकी आमाले कान्छी छोरीलाई लिएरै गएकी छन् । यता पीडित बालिका र उनका भाई जेठी आमाको घरमा बस्दै आएका छन् । तर जेठी आमाको पनि आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उनीहरुको लालनपोषण र उपचार कसले गरिदिने भन्ने चिन्तामा उनीहरु छन् ।

बालिका दिल्लीबाट फर्केदेखि नै उनको स्वास्थ्यमा समस्या देखापरेको छ । उनको तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो समस्या देखिएको छ । उनकी जेठी आमाले बालिकाको उपचारमा सहयोग गरिदिन सम्बद्व सबै पक्षसँग आग्रह गरेकी छन् ।

आमासँगै दिल्ली गएर आमाकै सामुन्नै यौन शोषणमा परेकी बालिकाले आफू आमासँग जान तयार नभएपनि आमाले बिभिन्न किसिमको प्रलोभन दिएर लगेको बयान प्रहरी समक्ष दिएकी छन् । महोत्तरीका डिएसपी बुढाथोकीले बालिकाले तीनै जना दिल्लीमा एकै ठाउँमा सुत्ने गरेको र बलात्कार गर्न आमाले नै सघाएको बयान दिएकी छन् ।

-janakpurtoday

Write your Comment