बैंकलाई बीमा ‘पोलिसी’ बेच्न रोक

रातोघर

 ८ श्रावण २०७६, बुधबार २१:४९  मा प्रकाशित

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौदि्रक नीतिमार्फत यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो ।

बैंकहरुले हाल संस्थागत अभिकर्ताको लाईसेन्स लिएर बैंकहरुले बीमा पोलिसी बेच्दै आएका छन् । बैंकासुरेन्स भन्दै विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गर्दै आएका छन् । अब यसमा रोक लाग्ने भएको छ ।

यसैगरी लघुवित्तमा क्रस होल्डिङलाई आधार मान्दै राष्ट्र बैंकले मर्जरको नीति लिने भएको छ ।

-onlinekhabar

Write your Comment