ने.रा.मा.बि. सिमरा पुग्यो नेपालका दुई नमुना बिद्यालयमा (भिडियो)

यस्ता रहेछन् देशमा ख्याती कमाएका दुई सामुदायिक बिद्यालय

रातोघर

 १० श्रावण २०७६, शुक्रबार १९:००  मा प्रकाशित

सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगर, सिमरामा रहेको नेपाल राष्ट्रिय (नमुना) माध्यामिक बिद्यालयले तिन दिने अध्ययन अवलोकन भ्रमण सकेर फर्किएको छ ।
यस बिद्यालयले नमुना बिद्यालय निर्माणको गुरु योजना बनाउनु पुर्व देशका नाम चलेको नमुना बिद्यालयहरुको ब्यवस्थापकिय र प्रशासनिक कार्य नबिन अभ्यासका लागी स्थलगत अध्ययनमा पुगेको हो ।
यस अध्ययन टोलीले देशका दुई ख्याती कमाएका नमुना बिद्यालयको अध्ययन अवलोकन गरेको छ । चितवनको नारायणी नमुना माध्यमिक बिद्यालय र बुटवलको कालिका मावनज्ञान नमुना माध्यमिक बिद्यालयको स्थलगत अवलोकन गरेको हो ।
अवलोकनका क्रममा ति बिद्यालयका बिभिन्न योजनाहरुले आफुलाई प्रभावित भएको बिद्यालय परिवारको भनाई छ ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमले देशमा ख्याती कमाएको दुई सामुदायिक बिद्यालयको अवस्था हेर्दा आफुलाई बिद्यालयलाई साँच्चैको नमुना बनाउन मेहनत गरेदेखी सभ्भव रहेछ भन्ने महशुस भएको बताउँछन् ।

उनले यही बर्षबाट बिद्यालयलाई नमुना बनाउन गुरु योजना सहितको कार्य सुरु गरिने बताए । यता बिद्यालयका प्रध्यानाध्यापक शंकर कुमार आचार्य पनी शिक्षकले चाहे सामुदयिक बिद्यालयलाई निजि भन्दा दुई गुना प्रभावकारी बनाउन सकिने अध्ययनले देखाएको बताए ।
यसैबर्षबाट बिद्यालयमा नयाँपन देखिने भन्दै आचार्यले अब नमुना बिद्यालय निर्माणका लागी संबद्ध सरोकारवाला निकायसंगको समन्वयमा काम अघि बढाईने उनको भनाई छ ।
यस्तो पो सामुदायिक बिद्यालय
सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा अब परिवर्तन आउन थालेको छ । सरकारी विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिपर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता पनी समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ ।

यता अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठूलै पापड बेल्नु परेको छ अझैनी । तर, बुटवलमा एउटा यस्तो समुदायिक स्कुलमा हामी पुग्यौँ , जहाँ भर्ना हुन मन्त्रीदेखि सांसदको फोन लगाएर आउनेहरु धेरै छ । विद्यालयले सबैलाई भर्ना गर्न सक्ने अवस्था नै छैन ।
हो, कालिका मानवज्ञान माध्यमिक विद्यालयमा यस्तै छ । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै विद्यालयमा भर्ना भएर पढ्न चाहने विद्यार्थीको ओइरो लागेको छ यहाँ । यसैबर्ष भर्नाका बेला अभिभावक लिएर विद्यालयमा पुगेका विद्यार्थीहरुको भीड ठुलो भिड हामीले यहाँ आएपछी फोटोमा हेयौँ ।
कालिका मावी यहाँको राम्रो समुदायिक स्कुल हो ।
विद्यार्थीहरुको सुन्दर भविश्यका लागि आफ्नो टीम लागेको र अन्य सामुदायिक भन्दा फरक र बढि मेहनत गरेकाले विद्यालयप्रति सबैको आकर्षण बढेको यहाँको प्रध्यानाध्यपक घरश्याम पाठक बताउँछन् ।
यहाँ अहिले ५ हजार भन्दा बढी विद्यार्थी छन् । भने २५० बढीको हाराहारीमा शिक्षक कार्यरत छन् ।
कक्षा ६ देखिमा ४ सय मासिक शुल्क लिइने गरेको छ भने कक्षा ९ मा मासिक ६ सय छ ।
बितेको डेढ दशकमा समाजका प्रतिष्ठित व्यक्तिहरूले संगठित रुपमा नै निजी विद्यालय (बोर्डिङ) मा लगानी गरे । यसरी लगानी गरिएका निजी विद्यालय सरकारी विद्यालयमाथि बेस्सरी हाबी भए ।

निजी विद्यालय आर्थिक हैसियत बलिया भएकाहरुको मात्रै होइन, आर्थिक अवस्था कमजोर भएकाको समेत रोजाइमा पर्न सफल भयो ।
यतिसम्म की गाउँघरतिरका सरकारी विद्यालय पढिरहेका सन्तानलाई छुटाएर जिल्ला सदरमुकाममा निजी विद्यालय पढाउने फेसन नै चल्यो । आफैंले सरकारी विद्यालयमा पढाएको विश्वाससमेत शिक्षकलाई भएन । सरकारी शिक्षकको रोजाइसमेत निजी विद्यालय परे ।
यति मात्रै होइन, शिक्षासँग सम्बन्धित नीति, नियम तथा ऐन, नियमावली बनाउने शिक्षा मन्त्रालयका अधिकारीसमेतले सरकारी विद्यालयमा छोराछोरी पढाउँदैनन । राम्रो बोर्डिङ स्कुल नै रोज्दै आइरहेका छन् । यो रोगले देशका अन्य जिल्लाजस्तै चितवन पनि ग्रसित रह्यो ।
तर, यस्तो यो अत्यास लाग्दो स्थितिमा केही सकारात्मक संकेतहरू देखिन थालेका छन् । एकछत्र राज गर्दै आएका बोर्डिङलाई विस्तारै सरकारी विद्यालयहरूले टक्कर दिन थालेका छन् । निजी विद्यालयको व्यवस्थापनको सिको गरेर सरकारी शिक्षाका कमजोरीहरू औंल्याउँदै त्यसमा सुधार गर्न थालेपछि सरकारी विद्यालयप्रतिको विश्वास पुनः पलाउन थालेको हो । कतिपय सरकारी विद्यालयहरूले विस्तारै अभिभावक तथा विद्यार्थीको मन जित्दै छ ।
चितवनको नारायणी नमूना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी हरेक वर्ष विद्यालयले लिने प्रवेश परीक्षामा एक हप्तासम्म मोवाइल स्विच्ड अफ गरेर बस्छन् । प्रवेश परीक्षामा छोराछोरीको नाम निकालिदिन भनेर ठूलै सोर्सफोर्स चल्छ । सोही ‘प्रेसर’लाई थेग्न नसकेर मोबाइल नै अफ गर्ने गरेको प्रधानाध्याप घनश्याम दवाडी बताउँछन् ।
यसैबिच
नारायणी नमूना माविमा अहिले ४ हजारको हाराहारीमा विद्यार्थी अध्यययन गरिरहेका छन् ।
यहाँ प्रत्येक बर्षको प्रवेश परिक्षमा आवेदन दिनेहरु मध्येबाट करिब ३० प्रतिशत बिद्यार्थीलाई मात्र बिद्यालयले भनाई लिने गरेको छ । बाँकी यहाँ पढन नपाउनेहरु निजि बिद्यालयमा भर्ना हुन्छन् ।
नारायणी नमूना मावि हरेक कक्षामा ४ देखी ८ सम्म सेक्सनमा पढाई हुन्छ । एउटै कक्षामा ४ सय ५० जना सम्म बिद्यार्थी भर्ना हुन्छन् ।
कुनै समय निल खाएको विद्यालयलाई आज देशका उत्कृष्ट दोश्रौ देखी पाँचौ स्थानसम्म पार्न सफल भएकोमा प्रधानाध्यापक दवाडी खुसी छन् ।
नेपाल शिक्षक महासंघका केन्द्रीय सह–अध्यक्ष समेत रहेका दवाडी देशका विभिन्न जिल्लामा सरकारी विद्यालय गुणस्तर सुधारका लागि सल्लाह सुझाव दिन एवं सफलताका अनुभव शेयर गर्न जाने गरेका रहेछन् ।
सरकारले पनि सरकारी शिक्षालाई प्रभावकारी बनाउने योजनाले यसमा काम गरेको छ । सरकारले देशभरका २२२ वटा विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउने भन्दै अहिले कार्यक्रम लागु गरिरहेको छ । निकट भविश्यमा नै एक हजार सरकारी विद्यालयलाई नमूना बनाउने गरी बजेटसहितको कार्यक्रम ल्याउने तयारी गरेको छ ।
सरकारी विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाईमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आइसिटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण, प्रिमन्टेश्वरी स्कुलको सञ्चालन गर्ने जस्ता अत्तिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउने गरेका छन् ।

Write your Comment




saturday2