छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु

रातोघर

 १४ श्रावण २०७६, मंगलवार १९:१०  मा प्रकाशित

काठमाडौं ।

निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ ।

केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।

निवेदन परेपछि केही दिनदेखि उनी तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।

छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।

परिवारका अनुसार उनको बिहान ३ बजे निधन भएको थियो । मृत्युको कारण अहिलेसम्म पनि खुलेको छैन ।

-khabarhub

Write your Comment




saturday2