कोल्हबीबाट हराएका उप्रती जंगलमा मृत फेला

रातोघर

 १५ श्रावण २०७६, बुधबार २१:५३  मा प्रकाशित

बारा ।
बाराको कोल्हबी नगरपालीका ८ नयाँबस्तीबाट ४ दिन अघि हराएका शम्भु प्रसाद उप्रती बुधबार मृत फेला परेका छन ।
गाउँमा गाई पालन गरेर बस्ने उप्रेती शुक्रबार नजिकैको बजारमा साइकलमा चामल मिलमा ढुटो किन्न हिँडेका थिए । उनी शुक्रबार साँझसम्मपनी नफर्किएपछी गाउँमा स्थानियले खोजीकार्य शुरु गरेका थिए ।
बुधबार बाराको सहजनाथ बन क्षेत्र स्थित पसाहा नजिकै १४ किलो भन्ने स्थानको जँगलमा उनी रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जंगलमा गोठालाले झुन्डिएको अवस्थामा मानिस देखेपछी गाउँमा खबर गरेका थिए । उनलाई पोस्टमाटमका लागी कलैया पुर्याइएको छ ।
केही महिना अघिमात्रै मलेशियाको वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

Write your Comment




saturday2