काठमाडौं ।
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को तयारीमा रहेको पुरुष फुटबल टोलीका लागि ३१ जना खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मंगलबार प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् । कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडी मध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।
पहिलो चरणमा प्रशिक्षक कालिनले ५ खेलाडीलाई टिम बाहिर राखेका छन् । मनाङ–मर्स्याङ्दी क्लबका डिफेन्डर कमल श्रेष्ठसहित युवा खेलाडी नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् ।
जसमध्ये कमल श्रेष्ठ बाहेकका ४ जना खेलाडीले अब यु–२३ टोलीको अभ्यासमा सहभागीता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्
khabarhub.com
Write your Comment