ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु गर्ने महासंघको चेतावनी

रातोघर

 २८ श्रावण २०७६, मंगलवार १६:३८  मा प्रकाशित

काठमाडौं ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दाङमा सोमबार साक्षात्कारमा बोल्दै आचार्यले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।

‘श्रमजीवी पत्रकारहरुको अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भएपनि आन्दोलन रोकिँदैन’ उनले भने ‘सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको हो ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलनका कारण सरकारपछि हटेको दावी गरे ।

सरोकारवालाहरुसँग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानून आफूहरुलाई मान्य नहुने उनले बताए ।

khabarhub.com

 

Write your Comment




saturday2