कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

रातोघर

 ५ भाद्र २०७६, बिहीबार १८:०८  मा प्रकाशित
२२१ पाठक संख्या



काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकिकी हुन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहँदासम्म उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Write your Comment