Advertisement
SKIP THIS

आकर्षक अफरसहित टिभिएसको एक्सचेन्ज मेला भोलीदेखी

रातोघर

 ७ भाद्र २०७६, शनिबार ०८:०८  मा प्रकाशित

बारा ।
नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बाको आधिकारिक बिक्रेता सगरमाथा मोटर्स जीतपुरले आइतबारदेखी टिभीएस “एक्सचेञ्ज जात्रा” संचालन गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।
यही भदौ ८ गतेदेखि १२ गतेसम्म देखी सुरु हुने यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्ने सगरमाथा मोटर्स जीतपुरका संचालक दिनदयाल चौधरीले जानकारी दिए ।
योजना अनुसार ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, एक स्क्र्याच कुपनबाट कम्तीमा १० हजार देखि बढीमा १ लाखसम्मको पक्का नगद छुट प्राप्त गर्न सक्ने छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट र मोटरसाईकल कभर उपहारहरु पनि प्राप्त गर्ने चौधरीले जानकारी दिएका छन् ।
मोटर्सले टीभीएस अपाचे आरटीआर १६० ४भी, १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, वीगोलगायतका स्कुटर तथा मोटरसाइकलमा उक्त योजना ल्याएको हो ।बाराको जीतपुरमा रहेको टिभिएस बाइकको आधिकारिक बिक्रेता सगरमाथा मोटर्सले आइतबारदेखी सो अफर ग्राहकमाथ ल्याउने तयारी गरेको हो ।
यसैबिच कम्पनीले दशैँ तिहार अफर २०७६ पनी बजारमा ल्याइसकेको छ ।

Write your Comment