भारतको महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट, २० जनाको मृत्यु

रातोघर

 १४ भाद्र २०७६, शनिबार १७:१९  मा प्रकाशित
२९८ पाठक संख्या



मुम्बई ।

भारतको महाराष्ट्र राज्यको धूले जिल्लामा रहेको एक रासायनिक कारखानामा विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । धूले जिल्लाको शिरपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा विष्फोट भएको हो ।

विष्फोटमा अरु ५० भन्दा धेरै घाइते भएका छन् । कारखानामा एक्कासी आगो लागेपछि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटको आवाज केही किलोमिटर टाढाका गाउँसम्म सुनिएको स्थानीयले बताएका छन् ।

विष्फोट भएका बेला कारखाना आसपास कम्पन महशुस गरिएको भातीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीले कारखानाभित्र अझै केही मानिसहरु फसेको हुनसक्ने बताएका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले विष्फोटनप्रति दुःख व्यक्त गरेका छन् । यस विषयमा गृहमन्त्री शाहले महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणविजसँग कुराकानी गरेको र मृतकका परिवारलाई ५ लाख राहतको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

-khabarhub

Write your Comment