Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली आज स्वेदश फर्कंने

रातोघर

 २० भाद्र २०७६, शुक्रबार ०८:२७  मा प्रकाशित

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि (आज)शुक्रबार स्वदेश फर्कंदै छन् । मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिङ्गापुर गएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्कनेछन् । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन् ।

-khabarhub

Write your Comment