जीतपुरसिमराको रामबन टांडिमा प्रथम गोल्डकप सुरु

रातोघर

 २ आश्विन २०७६, बिहीबार २०:१७  मा प्रकाशित

बारा, २ असोज ।

जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ३ को रामबनमा प्रथम रामबन टांडि गोल्डकप आजबाट सुरु भएको छ । गोल्डकपको उदघाटन प्रदेश सभा सदस्य सुन्दर बिकले गरेका हुन् ।
आज सम्पन्न उद्धघाटन खेलमा रामबन टांडिलाई निजगढले ० का बिरुद्ध एक गोलले पराजित गरेको छ । दश टिमले सहभागिता जनाउने खेलमा प्रथम र दोस्रोहुने समुहलाई रु ५० हजार र रु २५ हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

यसअघि उदघाटन समाहरोहमा प्रदेस सभा सदस्यहरु सिता गुरुगं,शोभा लामा, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,नेकपा केन्द्रिय सदस्य दिनेस राई वडा नम्बर ३ का अध्यक्ष जगनाथ घिमिरे लगायतले गोल्डकप सफलताको शुभकामना ब्यक्त गरेका हुन् ।

कार्यक्रममा नेकपाका नेताहरु राजन पोडेल,मनोज पौडेल,देब नारायण चौधरी,गिता कंडेल, भरत भण्डारी,कृष्ण खनाल,भोला अधिकारी,तारा बहादुर कार्की,इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, इलाका प्रहरी कार्यालयका सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment