भिजिट २०२० उत्सव : सिमरामा साइकल यात्रीलाई स्वागत

रातोघर

 १६ पुष २०७६, बुधबार १०:१७  मा प्रकाशित

सिमरा ।
पर्यटन बर्ष २०२० को अवसरमा बाराको सिमराबाट एक साइकल यात्रीको टोलीलाई सिमरामा भब्य स्वागत गरिएको छ । पर्यटन बर्षको शुरुवात स्वरुप निस्किएको साइकल यात्रामा सिमराबाट ३० जनाको टोली निजगढ प्रस्थान गरेको छ ।
संगै निजगढको पर्यटकिय स्थलको भ्रमणसंगै आज अमलेखगञ्जमा आयोजना हुने एक भब्य समारोहमा साइकल यात्री सहभागी हुने कार्यक्रम छ । उता हेटौँडाबाट पनी एक साइकल यात्रीको टोली अमलेखगञ्ज समारोहमा सहभागी हुने भिजिट २०२० का प्रदेश सचिवालय सदस्य मोहन शर्मा लामिछानेले जानकारी दिए ।
साइकलयात्रीको स्वागतमा बिभिन्न पर्यटन अभियन्ता, प्रदेश सांसद, राजनैतिक दलका नेता कार्यकर्ता, समाजसेवी, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच पर्यटन वर्ष २०२० लाई सफल बनाउन देशभरी सन्देश दिने उद्येश्यले आज अमलेखगञ्मा हुने एक समारोह अहिले ११ बजे उद्घाट हुँदै छ । कार्यक्रममा बिभिन्न पर्यटन प्रवर्धन झल्किने नृत्य, झाँकी का साथसाथै राष्ट्रिय तथा स्थानिय कलाकारको उपस्थिती रहने छ भने अमलेखगञ्जलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्न सकिने बिभिन्न सामग्रीहरु प्रदर्शन गरिने कार्यक्रम रहेको समेत सचिवालय सदस्य तथा पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले जानकारी दिए ।

Write your Comment