कोरोनाको कहरः साइकलमा श्रीमती, गोजीमा १२० रुपैयाँ बोकेर ७५० किमी यात्रा

रातोघर

 २५ चैत्र २०७६, मंगलवार २२:३८  मा प्रकाशित

भारतको उत्तर प्रदेशको बलरामपुरका राघोराम पनि भारतका ती हजारौ मानिसमा पर्छन् । जसले लकडाउनका कारण कार्यक्षेत्र छोडेर घर फर्कनु परेको थियो । उनी भारतमा लकडाउन हुँदा हरियाणा राज्यको रोहतकमा थिए । लकडाउन पछि उनले रोहतक छोडेर उत्तर प्रदेशमा रहेको गाउँ फर्किनु प¥यो ।

राघोराम भन्छन्, ‘कोरोना भाइरस र आफ्नो अस्तित्व संकटको डरले उनलाई यति शक्ति दियो कि उनी आफ्नो गन्त्यव्यमा पुग्न सकेँ ।’

उनले भने, ‘हामी जुन कम्पनीमा का गथ्र्यौ, त्यो कम्पनी केही दिन पहिला नै बन्द भइसकेको थियो । हामीले ठेकदारलाई फोन ग¥र्यौ । उनले हामीलाई सहयोग गर्न नसक्ने बताए । घरबेटीले बसे घरभाडा लाग्ने बताए । रोहतकमा भएका हामीले चिनेका मानिस पनि आआफ्नो घर फर्कदै थिए । हामीले पनि घर फर्कनु उचित लाग्यो । घर पुगेपछि केहि नभएपनि भोकले त मर्ने छैनौ । घरमा त केहि न केहि खान पाउने छौँ ।’

उनी पाँच महिना पहिला मात्र रोहतक पुगेका थिए । एक निजी कम्पनीमा ठेकदारमार्फत केहि दिन पहिला नोकरी पाएका थिए । उनी महिनाको नौ हजार तलबमा काम गर्दै थिए । लकडाउन भएपछि २७ मार्चको बिहानै रोहतकबाट साइकलमा श्रीमतीसहित घर हिँडे ।

उनी चार दिनपछि उत्तर प्रदेशको गौडा पुगे । उनी त्यहाँ पुगेपछि जिल्ला अस्पतालमा आफू र श्रीमतिको चेकचाँज गराए ।

खल्तीमा १२०, यात्रा ७५० किमि

जब उनी रोहतकबाट निस्किएका थिए, उनीसँग १२० रुपैयाँ मात्र थियो । दुईवटा झोलामा अलिकति कपडा हाले । उनीहरु पहिलो पटक साइकलद्धारा आउँदै थिए । उनलाई बाटोबारे पनि जानकारी थिएन ।

सोनीपतसम्म उनले बाटो थाह नपाउँदा यताउती घुमे । बाटोबाटोमा प्रहरी पनि रोक्थे । उनी भन्छन्, ‘बाटोबाटोमा प्रहरी रोक्थे । तर हाम्रो बाध्यता बुझेर आउन दिए । सोनीपतपछि हामी हाइवेमा आयौं । त्यसपछि सकडको बाटो गाजियावाद, बरेली, सीतापुर ,बहराइच हुँदै गोडा पुग्यौं ।’

३१ मार्चमा जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरे । राघोरामलाई घर जाने अनुमति पाए । उनको गाउँ बलरामपुरको रेहरा थानामा पर्छ । उनी बाटोमा पर्ने आफ्नो ससुराल गएर एक दिन बसे । अर्को दिन घर पुगे ।

रोहतकबाट बलरामपुरको सडक मार्ग करिब ७ सय किमि छ । यति लामो दुरी त के गाउँबाट बलरामपुरसम्म पनि कहिले काँहि जाने गर्थे । तर कोरोना भाइरसले मनमा यति डर उत्पन्न भयो कि त्यहि डरको कारणले यति टाढासम्म आउने तागत दियो ।

यी पाँच दिनमो राघोराम लगातार साइकल चलाइरहे । उनी हरेक घण्टा पाँच सात मिनेट आराम गर्थे । उनी भन्छन्, ‘साथमा मेरो श्रीमती पनि थिइन् । यसकारण निरन्तर साइकल चलाउन सम्भव थिएन । रातमा दुई घण्टा आराम गर्थे । कुनै पेट्रोल पम्पमा रोकिन्थे । कहिलेकाँही बन्द पसलको बाहिर आराम गथ्र्यौ ।’

आपतमा साइकलको सहारा

राघोराम रोहतकबाट श्रीमतीसँग घर निस्किएका थिए । तर उनलाई बाटोमा आफू जस्ता हजारौं मानिस भेट हुने छन् भन्ने विश्वास लागेको थिएन । उनीकी श्रीमती सीमा भन्छिन्, ‘हाइवेमा त जता हेरेपनि मानिसमात्र देखिन्थे । कसैको टाउकोमा बोरा थिए, कसैको झोला, कोही एक्लै, कोही समूहमा हिँडिरहेका थिए । उनीहरुलाई देखेपछि हाम्रा दुःख पनि कम भए । किनकि हामीसँग त साइकल थियो । उनीहरुसँग केहि पनि थिएन । हामीसँग साइकल थिएन भने हिँडेर आउनु पथ्र्यो । समस्या सबैको उस्तै थियो ।’

उनीहरुसँग पैसा थिएन, तर खाने कुरा थियो । बाटोमा खाने कुराको समस्या भएन । उनी भन्छन्, ‘बाटो बाटोमा मानिसहरु खाना पानी वितरण गरिरहेका थिए । यसकारण खाने पिउनेको समस्या आएन । सडकमा मानिस पनि धेरै थिए । तर पनि सहयोगी हातहरु धेरै हुँदा कसैलाई समस्या भएन । केहि स्थानमा प्रहरीले मानिसलाई पिटे । तर हामीलाई यस्तो समस्या केहि भएन ।’

उनी पढेलेखका थिएनन् । केहि वर्ष पहिला उनको विवाह भएको थियो । उनी कमाउन गाउँबाट रोहतक गएका थिए । आफू पनि सुखी हुने घरपरिवारलाई पनि सहयोग गर्न चाहन्थे । तर पुनः उनी घर नै फर्कनु परेको छ । जहाँबाट केहि महिना पहिला नयाँ र राम्रो कामको खोजीमा निस्किएका थिए । बीबीसी रिपोर्टमा आधारित

Write your Comment