लक्ष्मी,सरस्वती पुज्ने घरमा छोरी जन्मदा दियो निभेको देखे,, “नारी”

रातोघर

 ९ श्रावण २०७७, शुक्रबार १०:१८  मा प्रकाशित
५८२ पाठक संख्या



” नारी “

जुन घरमा लक्ष्मी,सरस्वतीलाई पुजेको देखेँ।
त्यही घरमा छोरी जन्मदा दियो निभेको देखेँ।

अनि मलाई मानिस सर्वश्रेष्ठ प्राणी हो भन्ने वाक्यमा
टक्क प्रश्न चिन्न लगाउन मन लाग्यो

अनि फेरि त्यही घरको छोराले आमाबाबुलाई आश्रम
लाने बेलामा त्यहि छोरिले पालेको देखेँ!

पढ्न,लेख्न नपाएकी समाजबाट अनेक नाम थर पाएकी
असिक्षित एउटि चेलिले अर्काको घर सम्हालेको देखे

बिश्वकै अग्लो हिमाल सगरमाथा महिलानै चडेको भेटेँ
जुन समाजले गर्भमै हत्या गराउछ,पछि उसलेनै यो संसालाई जन्म दिएको देखेँ!

दस जना छोराको काम, एउटि छोरीको दुइटा हातमा पाए
दुख ,पीडा र झुप्रोमा बसेकिले राजदरवारमा सजिएको पाएँ!

बेश्या बोक्सी राँडी रन्डी अनेको नाम दियो उसलाई समाजले
उसले भने त्यही समाजलाइ स्वर्गको नाम दिएको भेटेँ!

छोरी बुहारी आमा अनेकौ रुपमा पाएँ उसलाई
जस्तो सुकै दुखमा पनि खुसी भएको भेटेँ

जुन श्रीमानले आफ्नै श्रीमतिलाइ लगेर बेचेको देखेँ
त्यही श्रीमानको इज्जत बचाउन आफ्नो दागलाइ लुकाएको भेटेँ

रिक्सा त चलायौ तिमीले हवाइजहाज त परै जाओस सिङ्गो राष्ट्र चलायौ तिमीले

तिम्रो माया,ममता र महत्वको आभास होस सबैलाई
यहिनै छ एक नारीको सवैमा अनुरोध

जहाँ नारीको सम्मान हुन्छ,
त्यहाँ देवता पनि खुसी हुन्छन l

होइन र??

सबिना तिमल्सिना ,युएई

Write your Comment