क्युवामा तयार भएको औषधि भारतका कोरोना संक्रमितलाई प्रयोग गरिने

रातोघर

 १५ श्रावण २०७७, बिहीबार २१:५१  मा प्रकाशित

नयाँदिल्ली : क्युवामा तयार भएको एउटा विशेष किसिमको औषधि भारतमा कोभिड–१९ बिरामीका लागि उपयोगी ठानिएको छ ।

क्युवाली औषधि इटोलिजुमावको प्रयोग कोभिड १९ क कडा प्रकृतिका बिरामीको लागि प्रयोग गर्न सकिने स्वीकृति भारतीय औषधि नियमन प्राधिकरणले दिएको हो । क्युवाली अधिकारीहरुले पनि यसबारे जानकारी दिएका छन् । क्युवाको मोलेकुलर इम्युनोलोजी सेन्टरका उच्च अधिकारीले इटोलिजुमाव नामको औषधिको प्रयोग कोभिड १९ का बिरामीमा गर्न सकिने स्वीकृति मिलेको जानकारी दिए ।

विशेषगरी भारतमा यसको प्रयोग गर्न सकिने भएको हो । क्युवामा भने कोभिड १९ का बिरामी बढ्न थालेपछि गत अप्रिलदेखि नै उक्त औषधिको प्रयोग हुन थालेको छ । जुन औषधि अन्य प्रकृतिका बिरामीको उपचारका लागि विकास गरिएको भए पनि पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि यसमा प्रयोग हुन थालेको हो ।

क्युवामा गरिएको अध्ययन अनुसार त्यहाँ उक्त औषधिको प्रयोग गरिएका कोभिड १९ का बिरामीमध्ये ६० प्रतिशत बिरामीको स्वास्थ्यमा सुधार आएको थियो । स्वासप्रस्वासमा राम्रो काम गरेको र रोग प्रतिरोधी क्षमता विकास भएको बताइन्छ । साथै उक्त औषधि सेवनबाट कोभिड १९ को खराब अवस्थाबाट उनीहरु बाँचेको बताइन्छ ।

Annapurnapost.com

Write your Comment