गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

रातोघर

 १० फाल्गुन २०७७, सोमबार १३:०६  मा प्रकाशित
६०२ पाठक संख्या



१० फागुन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेछन्,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको छ ।’

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ उनले भने ।

Write your Comment