न्यूयोर्कमा ७५ वर्षयताकै ठूलो वर्षा

रातोघर

 १३ आश्विन २०८०, शनिबार १४:५८  मा प्रकाशित
२३१ पाठक संख्या



न्युयोर्क।

अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। शुक्रबार देखी परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो। सहरका धेरै सहायक मार्ग र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने जनजीवन पनि प्रभावित भएको छ।

सहरका धेरै ठाउँ पानीले भरिएका छन्। न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको छ। न्यूयोर्कको ब्रुकलिनमा करिब ७ इन्च पानी परेको अमेरिकी मौसमविद्हरूले बताएका छन्। जोन एफ केनेडी एयरपोर्ट क्षेत्रमा करिब आठ इन्च वर्षा भएकाे छ।

यसअघि सन् १९६० मा डोना चक्रवातमा यति धेरै वर्षा भएको थियो। दुई वर्षअघि चक्रवाती आँधी ‘इडा’का कारण उत्तरपूर्वी क्षेत्रमा भारी वर्षा हुँदा १३ जनाको ज्यान गएको थियो। वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि यसले सर्वसाधारणमा त्रास पैदा गरेकाे छ।न्यूयोर्कका गभर्नर र मेयरले आपतकालको घोषणा गरेका छन्।

र मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपील गरेका छन्। भारी वर्षाका कारण म्यानहट्टनबाट जाने मेट्रो–उत्तर रेलमार्ग बन्द गर्नु परेकाे थियाे।  सडकमा पानी जमेकाले सार्वजनिक यातायात पनि ठप्प भएको छ ।

Write your Comment