प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक रास्वपाद्वारा बहिस्कार

रातोघर

 १४ आश्विन २०८०, आईतवार ११:५३  मा प्रकाशित
२२१ पाठक संख्या



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक बहिस्कार गरेको छ।चाड पर्वको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै रास्वपाले बैठक बहिस्कार गरेको हो।

रास्वपाका अध्यक्ष रवी लामिछानेले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै चाडपर्वको बेलामा उपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धिको विरोध स्वरूप प्रधानमन्त्री ज्यूले बोलाउनु भएको अन्य विषयको बैठक बहिस्कार गरेको बताएका छन्।  प्रधानमन्त्री दाहालले विभिन्न समसामयिक विषयमा छलफल गर्न अहिले केहीबेरमा सात दलसँग छलफल सुरु गर्न लागेका छन्।

Write your Comment