‘हिमालयन रि’ को सीईओमा पौडेल

रातोघर

 १५ आश्विन २०८०, सोमबार १५:५०  मा प्रकाशित
२२६ पाठक संख्या



काठमाडौं । 

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी उपासना पौडेलले पाएकी छन् ।प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रुपमा १० महिनाअघि कम्पनीमा भित्रिएकी पौडेललाई नेतृत्व सुम्पने निर्णय सञ्चालक समितिले गरेको हो ।कम्पनीले पौडेललाई सीईओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ ।

Write your Comment