युवाद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा ममता विद्या मन्दिर प्रथम

रातोघर

 १५ आश्विन २०८०, सोमबार १६:५१  मा प्रकाशित
२२५ पाठक संख्या



वीरगञ्ज ।

सामाजिक संस्था युवाद्वारा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा ममता विद्या मन्दिरको विद्यार्थी प्रथम भएका छन् ।युवाले सुरक्षित गर्भपतनको विषयमा आयोजना गरेको अनलाइन निबन्ध लेखन प्रतियोगितामा ममता विद्या मन्दिरका अनिल यादव प्रथम भएका हुन् ।

ममता विद्या मन्दिरको कक्षा ११ मा अध्ययनरत यादवलाई शनिवार अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित एक कार्यक्रमकारबिच पुरस्कृत गरिएको थियो । यादवलाई वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाकी इन्दिरा लोहनीले प्रमाणपत्र, मेडल, सिल्लड र विभिन्न शैक्षिक सामग्री प्रदान गरेकी थिइन्।

त्यस्तै प्रतियोगितामा दोस्रो मिनील्यान्ड स्कूलकी एलिजा कुमारी भइन् । कक्षा ९ मा एलिजालाई पनि सोही कार्यक्रमकारबिच सामाजिक अभियन्ता पल्लवी हरल्लकाले पुरस्कृत गरेकी थिइन् ।

प्रतियोगितामा तेस्रो पनि ममता विद्या मन्दिरकै दक्षता चौधरी भइन् । कक्षा ८ मा अध्ययनरत उनलाई वीरगञ्ज ओम हस्पिटलका सञ्चालक एवम् वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जग दीप पटेलले पुरस्कृत गरेका थिए ।

सुरक्षित गर्भपतनको विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ विगत तिन वर्षदेखि वीरगञ्जमा काम गरिरहेको युवा संस्थाले शनिवार सोही विषयमा कुराकानी गर्नका निमित्त प्यानल छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफल कार्यक्रममा १८ देखि २५ वर्ष उमेर समूहका ७० जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । छलफलको सहजीकरण सप्रिया साहले गरेकी थिइन् ।

 

Write your Comment