काठमाण्डाै ।
नेपालीहरूको चाडबाड बढेसँगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ । नजिकिँदै गरेको दसैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दसैँ धमाका’ कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो न्युजिल्याण्ड ।
न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हास्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकलाई मनोरञ्जन दिलाउने छन् । काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरी न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो । ‘लाखे इभेन्ट’को आयोजनामा रहेको कार्यक्रम ‘दसैँ धमाका’लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ ।
न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरूलाई बताउँदै गायक प्रमोद खरेलले यो दसैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरे। एडमन्ड हिलारीको देशको रूपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए ।
कलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दसैँ दर्शकसँग हुने भएको हुँदा उत्साहित भएको बताए । घरपरिवारसँग यसपाली दसैँ मनाउन नपाउने भए पनि दर्शकसँग मायाले ऊर्जा दिनेमा विश्वास रहेको बताए ।
इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दसैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । न्युजिल्याण्डका विभिन्न चारवटा शहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए ।
Write your Comment