माधव नेपाल आज हेटौंडा आउने

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १२:१२  मा प्रकाशित
१४६ पाठक संख्या



मकवानपुर ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज हेटौंडा आउने भएका छन् ।अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् ।नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको थियो ।

सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विष्णुपप्रसाद दाहालले गत असोज १४ गतेबाट सुरु भएको १५ दिने मेची–महाकाली अभियानको टोली भोलि हेटौंडामा आइपुग्ने र त्यसलाई पार्टीका अध्यक्ष नेपालले सम्बोधन गर्ने जानकारी दिए ।कार्यक्रमलाई अध्यक्ष नेपालसँगै पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने उनले बताए ।उनका अनुसार, शुक्रबार बिहान साढे १० बजे हेटौंडाको सिमाचोकमा जनसभाको आयोजना गरिएको छ ।

Write your Comment